
झापा । चितवनको भरतपुर महानगरपालिका-२९ गाइघाटमा दुई ट्रक एक आपसमा ठोक्किदा सात जना घाइते भएका छन ।
आज (बिहिबार) बिहान ६ः५० बजेको समयमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ६२८७ नम्वरको ट्रक र मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख ९८९७ नम्वरको ट्रक एक आपसमा ठक्कर खाँदा सात जना घाइते भएका हुन् ।
दुर्घटनाबाट दुवै ट्रकमा क्षति पुगेको छ । घाइतेको भरतपुरका अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।