२०८२ जेठ ९, बिहिवार , ०९:३१:११ बजे

Sajhamanch
'

१० महिनामा आयात र निर्यात दुवै बढ्यो

बिहिवार, जेठ ९, २०८२

काठमाडौं । चालू आर्थिक वर्षको १० महिनामा आयात र निर्यात बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको विवरणअनुसार चालू आर्थिक वर्षको १० महिनामा आयात र निर्यात दुवै बढेको देखिएको हो ।

विभागले सार्वजनिक गरेको विवरणअनुसार चालू आर्थिक वर्ष १० महिनामा २ खर्ब १७ अर्ब ९१ करोड १० लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको छ । यो गएको आर्थिक वर्षको यही अवधिको तुलनामा ७२ दशमलव ७१ प्रतिशतले बढी हो ।

यस्तै महिनामा आयात १३ दशमलव ११ प्रतिशतले बढेर १४ खर्ब ७४ अर्ब १८ करोड ८२ लाख रुपैयाँ पुगेको छ । यस अवधिमा नेपालको व्यापार घाटा १२ खर्ब ५६ अर्ब २७ करोड रुपैयाँ पुगेको छ ।

निर्यात बढे पनि गएको आर्थिक वर्षको १० महिनाको तुलनामा नेपालको व्यापार घाटा ६ दशमलव ७२ प्रतिशतले बढेको छ । खानेतेल निर्यातमा भन्सार सहुलियत र अग्रिम भुक्तानी सुविधाले निर्यात व्यापार बढेको हो ।

सम्बन्धित खबर