२०८२ जेठ ९, बिहिवार , ०७:४२:१५ बजे

Sajhamanch
'

सिंगापुरमा मुटु रोग चाँडै पत्ता लगाउने एआई प्रणाली परीक्षण गरिने

बिहिवार, जेठ ९, २०८२

सिंगापुरमा मुटु रोग चाँडै पत्ता लगाउने एआई प्रणाली परीक्षण गरिने भएको छ । सिंगापुरको राष्ट्रिय मुटु केन्द्रले तीनवटा सरकारी अस्पतालमा कृत्रिम बुद्धिमत्ता (एआई) प्रणालीको परीक्षण गर्न लागेको हो ।यो प्रणालीले मुटुको स्क्यान चाँडो हेर्न सक्ने भएकाले मुटुमा समस्या छ कि छैन भन्ने चाँडै थाहा पाउन सजिलो हुने चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

अहिले मुटुको स्क्यान हेरेर समस्या पत्ता लगाउन २ देखि ४ घण्टा लाग्छ, तर यो एआई प्रयोग गरेपछि १० मिनेटमै नतिजा आउन सक्ने डाक्टरहरुले बताएका छन् ।

यसअघि यो प्रणाली परीक्षण गरिएको बेलामा ८५ प्रतिशतदेखि ९९ प्रतिशतसम्म सही नतिजा दिएको थियो । अब यो प्रणाली एक वर्षसम्म अस्पतालहरूमा प्रयोग गरेर त्यसको परिणाम कस्तो हुन्छ भन्ने हेरिनेछ ।

सिंगापुर मुटु घाउ विश्लेषक नाम दिइएको यो प्रणाली यही वर्ष सन् २०२५ को सेप्टेम्बरदेखि अक्टोबरसम्म प्रयोगमा ल्याइनेछ ।सिंगापुरमा मुटुको समस्या हुने रोग सबैभन्दा धेरै मानिसको ज्यान लिने कारण भएको अध्ययनहरुले देखाएका छन् ।सन् २०२२ मा आठ हजार तीन सय ११ जनाको मुटुसम्बन्धी रोगका कारण ज्यान गएको थियो, जुन कुल मृत्युमध्ये लगभग ३० प्रतिशत हो ।एजेन्सी