२०८२ जेठ ८, बुधवार , १०:३४:४४ बजे

Sajhamanch
'

युरोपेली सङ्घले रुसमाथि नयाँ प्रतिबन्ध लगायो

बुधवार, जेठ ८, २०८२

झापा । क्रेन र रुसबीच युद्ध रोक्नका लागि प्रयास भइरहेका बेला युरोपेली सङ्घले रुसविरुद्ध नयाँ प्रतिबन्धहरू लगाउने निर्णय गरेको छ ।

बेल्जियमको ब्रसेल्समा बसेको युरोपेली सङ्घका रक्षा तथा परराष्ट्र मन्त्रीहरूको बैठकमा युद्धविरामको पहललाई सघाउन रुसमाथि थप दबाब सिर्जना गर्ने निष्कर्ष निकालिएको हो ।

नयाँ प्रतिबन्धअन्तर्गत झन्डै दुई सय वटा रुसी तेल ढुवानी गर्ने पानीजहाजलाई प्रतिबन्धको दायरामा ल्याइएको एएफपीले जनाएको छ ।

यी पानीजहाजहरूले पश्चिमी देशहरूले लगाएका तेलसम्बन्धी प्रतिबन्ध उल्लङ्घन गर्दै अन्तर्राष्ट्रिय बजारमा रुसको तेल बिक्री गरिरहेको आरोप छ ।

रुसले विना शर्त युद्धविराममा सहमति जनाएन भने अमेरिकाले पनि त्यसको परिणाम भोग्नुपर्ने युरोपेली सङ्घले जनाएको छ ।

रुसमाथि दबाब दिनका लागि प्रतिबन्धहरु बढाएको भन्दै सङ्घले अझै नयाँ प्रतिबन्ध प्रस्तावमा पनि काम गरिरहेको बताएको छ ।

सम्बन्धित खबर