२०८२ जेठ ८, बुधवार , ०९:१५:४३ बजे

Sajhamanch
'

धनुषामा खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको ज्यान गयो

बुधवार, जेठ ८, २०८२

काठमाण्डौ । धनुषाको कमला नगरपालिका–२ मा निर्माणाधीन सडकको खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको ज्यान गएको छ ।कमला नगरपालिका–२ सराबे टोलका रामबाबु साहका सात वर्षीय छोरा रितिक साह र उनकै भाइ श्यामबाबु साहका पाँच वर्षीय छोरा रितिश साहकोे डुबेर ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

कृषि बाटोको छेउमा रहेको खाल्डोमा जमेको पानीमा डुबेर हिजो दिउँसो दुवै जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक बरुणबहादुर सिंहले बताए।

हिजो घरबाट खेल्न निस्केका दाजुभाइ अबेरसम्म नफर्किएपछि खोजतलास गर्ने क्रममा खाल्डोमा तैरिरहेको अवस्थामा शव फेला परेको थियो ।