
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज पुछारका दुई टोली चेन्नई सुपर किङ्ग्स र राजस्थान रोयल्स खेल्दैछन् ।
यो खेल दिल्लीमा नेपाली समयानुसार बेलुका पौने ८ बजे शुरू हुनेछ । अहिलेसम्म १३ खेल खेलेको राजस्थान ६ अङ्कका साथ तालिकाको नवौं स्थानमा छ । त्यस्तै १२ खेलमा चेन्नई ६ अङ्कसहित पुछारमा छ ।
हिजो भएको खेलमा लखनउ सुपर जायन्ट्स सनराइजर्स हैदराबादसँग पराजित हुँदै प्लेअफ दौडबाट बाहिरिएको छ ।
अब दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्स मात्रै प्लेअफ दौडमा छन् । गुजरात टाइटन्स, रोयल च्यालेन्जर्स बेङ्गलुरु र पन्जाब किङ्ग्स यसअघि नै प्लेअफमा पुगिसकेका छन् ।