२०८२ असार ७, शनिवार , ०६:५३:३९ बजे

Sajhamanch
'

महिला टी–२० विश्वकप एशिया छनोटमा यूएईले नेपाललाई दियो ११५ रनको लक्ष्य

सोमवार, जेठ ५, २०८२

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एशिया छनोटअन्तर्गत सुपर–३ को खेलमा यूएईले नेपाललाई ११५ रनको लक्ष्य दिएको छ ।

थाइल्यान्डको बैंककमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको यूएईले ७ विकेटको क्षतिमा ११४ रन बनायो ।

यूएईका लागि कप्तान तथा ओपनर इशा वजाले सर्वाधिक ३९ रन बनाए । नेपालकी मनिषा उपाध्यायले चार विकेट लिइन् । यसअघि नेपालले समूह ‘सी’ को विजेता बनेको सुपर–३ मा पुगेको थियो ।

सुपर–३ मा समूह ‘ए’ को विजेता आयोजक थाइल्यान्ड र समूह ‘बी’ को विजेता यूएई पुगेका थिए । सुपर–३ मा पुगेका नेपाल, थाइल्यान्ड र यूएईमध्ये दुई टोली विश्व छनोटमा पुग्नेछन् ।

सम्बन्धित खबर