२०८२ असार ६, शुक्रवार , ०४:०५:४३ बजे

Sajhamanch
'

आईपीएल क्रिकेटमा गुजरातले दिल्लीलाई र पन्जाबले राजस्थानलाई हराए

सोमवार, जेठ ५, २०८२

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले दिल्ली क्यापिटल्सलाई १० विकेटले हराएको छ ।

हिजोको खेलमा दिल्लीले दिएको २०० रनको लक्ष्य गुजरातले १९ ओभरमा कुनै पनि विकेट नगुमाइ पुरा गरेको हो । गुजरातका शुभमन गिलले सर्वाधिक १०८ रन बनाए । साइ सुदर्शनले ९३ रन जोडे ।

त्यसअघि अरूण जेट्ली स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दिल्लीले २० ओभरमा ३ विकेट गुमाउँदै १९९ रन बनाएको थियो । उसका लागि केएल राहुलले ११२ रन बनाए । अभिषेक पोरेलले ३० रन जोडे ।

गुजरातका अर्सद खान, प्रसिद्ध कृष्णा र साइ किशोरले समान १ विकेट लिए। जीतसँगै गुजरात १८ अङकसहित शीर्षस्थानमा उक्लिँदै प्लेअफमा प्रवेश गरेको छ । समान १७ अङक बनाएका रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसिबी) र पन्जाब किङ्ग्स पनि प्ले अफमा पुगेका छन् ।

यसअघि हिजो भएको पहिलो खेलमा पन्जाब किङ्ग्सले राजस्थान रोयल्सलाई १० रनले हराएको छ । पन्जाबले दिएको २२० रनको लक्ष्य पछाएको राजस्थान रोयल्स २० ओभरमा ७ विकेट गुमाउँदै २०९ रनमा समेटियो।

राजस्थानका यशस्वी जैसवाले ५० र वैभव सूर्यवंशीले ४० रन बनाए । राजस्थानका हर्पित ब्रार्रले ३ विकेट लिए। यस्तै अज्मतुल्लाह ओम्रजाइ र मार्को जानसेनले समान २ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ५ विकेट गुमाउँदै २१९ रन बनाएका थियो । पन्जाबका नेहाल वादेराले ७० रन बनाए । सशांक सिंहल ५९ रन जोडे ।

राजस्थानका तुसार देशपाण्डेले २ विकेट लिए ।पन्जाब १२ खेलबाट १७ अङ्क बनाएर लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । लिग चरणबाट बाहिरिसकेको राजस्थानको यो दशौं हार हो ।

सम्बन्धित खबर