२०८२ जेठ ५, आइतवार , ०४:५८:४१ बजे

Sajhamanch
'

प्लेअफबाट बाहिरिइसकेको कोलकाताले ‘मिस्ट्री’ स्पिनरलाई टोलीमा भित्र्यायो

आइतवार, जेठ ५, २०८२

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को टोली कोलकाता नाइट राइडर्सले रोभम्यान पावलको ठाउँमा शिवम शुक्लालाई टोलीमा अनुबन्ध गरेको छ ।

प्लेअफ दौडबाट बाहिरिइसकेको कोलकाताले लिगको आफ्नो अन्तिम खेलका लागि वेस्ट इन्डिजका पावेलको ठाउँमा मध्य प्रदेशका मिस्ट्री स्पिनर शिवमलाई अनुबन्ध गरेको हो ।

पावेलसँगै इङ्ग्ल्यान्डका मोइन अलीले स्वास्थ्य समस्याका कारण यस सिजनको बाँकी खेल नखेल्ने भएपछि कोलकाताले शिवमलाई भित्र्याएको हो ।

२९ वर्षीय शुक्लाले सैयद मुश्ताक अली ट्रफीको एक सिजन मात्र खेल्दा ८ खेलमा ८ विकेट लिएका छन् । यस्तै उनले मध्य प्रदेश प्रिमियर लिगको पछिल्लो सिजनमा ४ खेलमा १० विकेट लिएका थिए ।

हिजो रोयल च्यालेन्जर्स बेङ्गलुरुसँगको खेल वर्षाका कारण रद्द भएसँगै कोलकाता प्लेअफ होडबाट बाहिरिने चौथो टोली बनेको हो । यसअघि चेन्नई सुपर किङ्ग्स, सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स प्लेअफ होडबाट बाहिरिइसकेका छन् ।

कोलकाताले लिगको आफ्नो अन्तिम खेलमा आउँदो आइतवार हैदराबादसँग खेल्नेछ ।

सम्बन्धित खबर