२०८२ जेठ ५, आइतवार , ०१:०५:५८ बजे

Sajhamanch
'

प्रिमियर लिग फुटबलमा आज पाँच वटा खेल हुँदै

आइतवार, जेठ ५, २०८२

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आज पाँच वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा नेपाली समयअनुसार बेलुका पौने ५ बजे एभर्टन र साउथह्याम्प्टनले खेल्दैछन् ।

त्यस्तै बेलुका ७ बजे वेस्टह्याम र नटिङघम फरेस्ट, पौने ८ बजे ब्रेन्टफोर्ड र फुलहम तथा लेस्टर सिटी र इपस्विच टाउनबीच खेल हुनेछ । राति सवा ९ बजे आर्सनल र न्यूक्यासलले खेल्दैछन् ।