
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछ । पहिलो खेलमा राजस्थान रोयल्स र पञ्जाब किङ्गस खेल्दैछन् ।
यो खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजे जयपुरमा हुनेछ । राजस्थान १२ खेलमा छ अङ्कसहित नवौं स्थानमा छ । ११ खेलमा १५ अङ्कसहित पञ्जाब तालिकाको तेश्रो स्थानमा छ ।
यस्तै अर्को खेलमा दिल्ली क्यापिटल्स र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे दिल्लीमा हुनेछ । दिल्ली ११ खेलमा १३ अङ्कसहित पाँचौ स्थानमा छ । समान खेलमा १६ अङ्कसहित गुजरात तालिकाको दोश्रो स्थानमा छ ।
आईपीएल क्रिकेटमा गएराति रोयल च्यालेन्जर्स बैंग्लुरु र कोलकाता नाइट राइडर्सबीचको खेल रद्द हुँदा कोलकाता प्लेअफ दौडबाट बाहिरिएको छ भने बैंग्लुरु अङ्क तालिकाको शीर्ष स्थानमा पुगेको छ ।