२०८२ जेठ ४, शनिवार , ०८:०५:५९ बजे

Sajhamanch
'

यात्रुबाहक बसमा रुसी आक्रमण हुँदा युक्रेनमा ९ जनाको ज्यान गयो

शनिवार, जेठ ४, २०८२

रुसले युक्रेनमा यात्रुबाहक बसलाई लक्षित गरी गरेको ड्रोन आक्रमणमा नौ जनाको ज्यान गएको छ । अरू सात जना घाइते भएका बीबीसीले जनाएको छ । रुसले उत्तर–पूर्वी युक्रेनको सुमी क्षेत्रमा यात्रुबाहक बसलाई लक्षित गरी आज ड्रोन आक्रमण गरेको हो ।

सुमी क्षेत्रीय सैन्य प्रशासनका अनुसार बिलोपिलिया शहरबाट सुमी क्षेत्रीय राजधानीतर्फ गुडिरहेको मिनीबस रूसी ल्यान्सेट ड्रोनको आक्रमणमा परेको हो । यो घटना रुस र युक्रेनबीच सन् २०२२ यता पहिलो पटक भएको वार्ताको केही घण्टापछि भएको हो ।

युक्रेनले मिनिबसमा भएको आक्रमणलाई युद्ध अपराध भनेको छ । रुसी संचारमाध्ययमहरुले सैन्य लक्षित आक्रमण बताए पनि रुसी रक्षा मन्त्रालयले कुनै प्रतिक्रिया दिएको छैन ।

सम्बन्धित खबर