२०८२ जेठ २, बिहिवार , ०१:१२:४३ बजे

Sajhamanch
'

कुकुरले श्रीमतीलाई टोकेपछि श्रीमानले हाने कुकुर पाल्नेलाई खुकुरी

बिहिवार, जेठ २, २०८२

पाँचथर । पाँचथरको मिक्लाजुङमा श्रीमतीलाई कुकुरले टोकेपछि आक्रोशित बनेका एक व्यक्तिले कुकुर धनीलाई नै खुकुरी हानेका छन् ।

बुधवार बिहान १० बजे पाँचथर मिक्लाजुङ गाउँपालिका –३ देवीथान गैरीगाउँ बस्ने ५४ वर्षीय ललितबहादुर राईको कुकुरले छिमेकी ५४ वर्षीय सन्तबहादुर राईकी श्रीमती ४५ वर्षीया चन्द्रमाया मगर (राई)लाई टोकेको थियो । सोही विषयमा विवाद हुँदा दिउँसो ४ः३५ बजे सन्तकुमारले कुकुर धनी ललितबहादुरको टाउकोमा खुकुरी प्रहार गरेका हुन् ।

टाउकोमा गहिरो चोट लागेर बोल्न नसक्ने गम्भीर अवस्थाका ललितबहादुरलाई उपचारका लागि झापातर्फ ल्याइएको छ । खुकुरी प्रहार गर्ने सन्तकुमारलाई खुकुरीसहित प्रहरी चौकी दशमी बजारले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित खबर