
काठमाडौं । सिटामोल तथा जीवनजल खरिदका लागि स्वास्थ्य सेवा विभागले नेपाल औषधि लिमिटेडलाई पत्राचार गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलसँग छलफल गरेर समस्या समाधानका लागि पहल भएकै दिन स्वास्थ्य सेवा विभागले प्रक्रिया अघि बढाएको हो ।
विभागअन्तर्गतको व्यवस्थापन महाशाखाले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको रोग नियन्त्रण कार्यक्रमका लागि आवश्यक पारासिटामोल तथा जीवनजल खरिदका लागि प्रक्रिया अघि बढाउन पत्राचार गरेको छ ।
महाशाखाका प्रमुख डा. पवनजङ्ग रायमाझीले मन्त्रालयमा लिमिटेडसँगको छलफलमा मन्त्री पौडेलको प्रतिबद्धतालगत्तै प्रक्रिया अघि बढाएको बताए। नियमानुसार खरिद सम्झौता प्रक्रिया अघि बढ्ने डा. रायमाझीले बताए।