
काठमाण्डौ । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ७ कचौडे भीरमा रहेको त्रिशुली नदीमा नुहाउने क्रममा दुई जना बालिका बेपत्ता भएका छन् ।हिजो बेलुकीपख ११ वर्षकी जेनी डंगोल र ११ वर्षकै सदिक्षा राई बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
उनीहरुको खोजीका लागि हिजै सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज परिचालन भएको र आज पनि बिहानैदेखि खोजी शुरू गर्ने सशस्त्रका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।