
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर वृद्धिसम्बन्धी अनिश्चितताका कारण गएको महिना अमेरिकी उत्पादनमा आएको मन्दीले यस क्षेत्रमा तरङ्ग ल्याएको छ ।इन्स्टिच्युट फर सप्लाई म्यानेजमेन्ट (आईएसएम) को उत्पादन सूचकाङ्क अप्रिलमा ४८ दशमलव ७ प्रतिशतमा झरेको छ ।अमेरिकी राष्ट्रपतिले अप्रिलको शुरूमा धेरै देशविरुद्ध व्यापक करहरू सार्वजनिक गर्नुभएको थियो । तर चीन बाहेक अरु देशमा तत्कालका लागि करको स्थगन भएको थियो ।राष्ट्रपति ट्रम्पले चीनमा कर वृद्धिलाई १४५ प्रतिशतसम्म पुर्याएकोछ । करको अस्थायी स्थगनपछि के हुने भन्ने अनिश्चितताले वित्तीय बजारमा भ्रम सिर्जना गरेको विज्ञहरुले बताएका बीबीसीले जनाएको छ ।
जसले विश्वव्यापी अस्थिरतालाई बढावा दिएको छ । यसको प्रभाव अमेरिकी सामानहरूमा समेत परेको छ । आईएसएम सर्वेक्षण प्रमुख टिमोथी फियोरले अधिक कर्मचारी कटौतीले बजारमा अस्थिरता छाएको बताउए। यस्तै माग र उत्पादनको सन्तुलन पनि नमिलेको उनकोभनाइ छ ।
उत्पादनमूलक कम्पनीहरूले अज्ञात आर्थिक वातावरणको प्रतिक्रिया दिएका छन् । यही अवस्थामा मूल्य पनि बढेकाले आर्थिक मन्दी वृद्धि हुने सम्भावना देखिएको खबरमा उल्लेख छ ।