२०८२ वैशाख १७, बुधवार , ०६:२४:४२ बजे

Sajhamanch
'

बङ्गलादेशले पाकिस्तानमा गएर पाँच खेलको टी–२० शृङ्खला खेल्ने

बुधवार, वैशाख १७, २०८२

काठमाडौं । बङ्गलादेशले पाकिस्तानमा गएर पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला खेल्ने भएको छ । बङ्गलादेशले मे महिनामा पाकिस्तानमा टी–२० शृङ्खला खेल्ने पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले जनाएको छ ।

यो टी–२० शृङ्खला आईसीसीको फ्युचर टुर्स प्रोग्राम (एफटीपी) को एक हिस्सा हो । आउँदो टी–२० विश्वकपको तयारी राम्रोसँग गर्न दुवै बोर्डले एकदिवसीय खेललाई थप टी–२० खेलले प्रतिस्थापन गर्ने निर्णय आपसी रूपमा गरेको पीसीबीले जनाएको छ ।

पाँच खेलको टी–२० शृङ्खला मे २५ देखि जुन ३ सम्म फैसलावाद र लाहोरमा हुनेछ । फैसलाबादको इकबाल क्रिकेट रङ्गशालामा मे २५ मा पहिलो र मे २७ मा दोस्रो खेल हुनेछ । यस्तै लाहोरको गद्दाफी रङ्गशालामा मे ३०, जुन १ र ३ गरी तीन वटा खेल हुनेछ ।

बङ्गलादेशको टोली मे २१ मा पाकिस्तान पुग्नेछ र मे २२ देखि २४ सम्म इकबाल रङ्गशालामा प्रशिक्षण गर्नेछ ।

सम्बन्धित खबर