
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज पन्जाब किङ्ग्स र चेन्नई सुपर किङ्ग्स खेल्दैछन् । यो खेल चेन्नईमा नेपाली समयानुसार बेलुका पौने ८ बजे शुरू हुनेछ ।
पन्जाब ९ खेलमा ११ अङ्कसहित तालिकाको पाँचौं र चेन्नई समान ९ खेलमा ४ अङ्कसहित तालिकाको पुछारमा छ । चेन्नई यसअघि नै प्लेअफ होडबाट बाहिरिइसकेको छ ।
हिजो भएको खेलमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई १४ रनले हराएको थियो ।