
भद्रपुर । भण्डै एक महिनायता शिक्षकको आन्दोलनका कारण ठप्प रहेको सरकारी विद्यालय सहज बनाउन भद्रपुर नगरपालिकाले चासो राखेको छ ।
नगर प्रमुख गणेश पोखरेल तथा उपप्रमुख राधा कार्कीद्वारा जारी गरिएको प्रेस विज्ञप्ति मार्फत शिक्षकका जायज माग सम्बोधन गरी विद्यालय सञ्चालनको वातावरण बनाउन संघीय सरकार तथा आन्दोलनरत शिक्षकसित माग समेत गरिएको छ ।
दुई बुँदे प्रेस विज्ञप्ति भनिएको छ—“वर्तमान संविधान अनुसार नयाँ व्यवस्था अनुकुल संघीय शिक्षा ऐन यथाशीघ्र जारी हुने वातावरण निर्माणमा संघीय सरकार जिम्मेवार बन्नु पर्छ । यस्तै एक महिनायता विद्यालय बन्द हुँदा विद्यार्थी र अभिभावको मनोविज्ञानमा नकारात्मक असर परेका कारण शिक्षकलाई यथाशीघ्र विद्यालय सञ्चालन गर्न जिम्मेवार हुन आग्रह गरिएको छ ।”