२०८२ वैशाख १६, मङ्गलवार , ११:२९:२३ बजे

Sajhamanch
'

झापा ट्राफिकद्वारा नौ महिनामा ३ करोड भन्दा बढी राजश्व संकलन

मङ्गलवार, वैशाख १६, २०८२

झापा । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले चालु आर्थिक वर्षको नौ महिनामा ३ करोड रुपैयाँ भन्दा बढी राजश्व संकलन गरेको छ । मादक पदार्थ सेवन, नियम विपरीत सवारी सञ्चालन लगायत विभिन्न प्रकारका कार्वाहीबाट उक्त रकम संकलन भएको हो ।

गत साउन देखि चैत मसान्तसम्म नियम विपरीत चलेका ४५ हजार ५९४ वटा सवारी साधनलाई गरिएको कार्बाहीबाट
कुल ३ करोड ४ लाख दुई हजार रुपैयाँ राजश्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाक प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलले जानकारी दिए।

सोहि अवधिमा ९६६ वटा सवारी दुर्घटना भएको र दुर्घटनामा ७० जनाको मृत्यु भएको प्रहरी तथ्याङ्कमा उल्लेख छ । दुर्घटनामा परि ११६ जना गम्भीर र १ हजार ४२७ जना सामान्य घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरीले नियम उलंघन गर्ने सवारी साधनलाई आर्थिक जरिवाना गर्नुका साथै सचेतनामूलक कार्यक्रम समेत सञ्चालन गर्दै आएको जनाएको छ ।

सम्बन्धित खबर