२०८२ वैशाख १६, मङ्गलवार , ०२:०५:५२ बजे

Sajhamanch
'

आईपीएल क्रिकेटमा आज दिल्ली र कोलकाता खेल्दै

मङ्गलवार, वैशाख १६, २०८२

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्सले खेल्दैछन् । यो खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे दिल्लीमा शुरू हुनेछ ।

दिल्ली ९ खेलमा १२ अङ्कका साथ तालिकाको चौथो र कोलकाता समान ९ खेलमा ७ अङ्कसहित सातौं स्थानमा छ ।

गएराति भएको खेलमा राजस्थान रोयल्सले गुजरात टाइटन्सलाई ८ विकेटले हरायो । गुजरातले जीतका लागि दिएको २१० रनको लक्ष्य राजस्थानले १५ ओभर ५ बलमा दुई विकेट गुमाएर भेट्टायो ।

उसका १४ वर्षीय खेलाडी वैभव सूर्यवंशीले ३८ बलमा १०१ रन बनाए । उनले ३५ बलमा शतक पूरा गरे । उनी आईपीएल क्रिकेटमा शतक बनाउने सबैभन्दा कान्छा खेलाडी बनेका छन् ।

जीतसँगै राजस्थान १० खेलमा ६ अङ्कसहित आठौं स्थानमा छ । गुजरात ९ खेलमा १२ अङ्कका साथ तालिकाको तेस्रो स्थानमा छ ।

सम्बन्धित खबर