२०८२ वैशाख १२, शुक्रवार , ०४:१८:३७ बजे

Sajhamanch
'

चेन्नई र हैदराबाद ‘गर या मर’ को अवस्थामा

शुक्रवार, वैशाख १२, २०८२

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज चेन्नई सुपर किङ्ग्स र सनराइजर्स हैदराबाद खेल्दैछन् । यो खेल बेलुकी पौने ८ बजे चेन्नईको चेपुक स्टेडिममा शुरू हुनेछ ।

प्रतियोगितामा दुवै टोलीको प्रदर्शन निराशाजनक रहेको छ । प्लेअफमा पुग्ने सम्भावना कायमै राख्न दुवै टोलीलाई जीतको आवश्यकता छ । हैदराबाट ८ खेलमा ४ अङ्कसहित तालिकाको नवौं स्थानमा छ । चेन्नई ८ खेलमा ४ अङ्कसहित नेट रनरेटका आधारमा पुछारमा छ ।

आईपीएलमा यी दुई टोलीबीच अहिलेसम्म २१ पटक भेट भएकोमा चेन्नई १५ र हैदराबाद ६ खेलमा विजयी भएको छ । चेपुकमा हैदराबादले चेन्नईलाई अहिलेसम्म हराउन सकेको छैन । यी दुई टोलीबीच चेपुकमा अहिलेसम्म ५ पटक भेट भएकोमा सबै खेल चेन्नईले जितेको छ ।

सम्बन्धित खबर