
काठमाडौं । शेयर बजार लगातार चौथो दिन घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३२ दशमलव ३८ अङ्कले घटेर २ हजार ६५५ दशमलव ९४ विन्दुमा झरेको छ ।
आज उत्पादन र म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक समूह २ प्रतिशत तथा जलविद्युत्, लगानी, अन्य समूहको शेयर डेढ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।
आज कर्पोरेट विकास बैंकको शेयर सबैभन्दा धेरै ९ प्रतिशतले घटेको छ । नेप्से उच्च अङ्कले ओरालो लागेको दिन नेपाल माइक्रो इन्सुरेन्स र क्रेस्ट माइक्रो नेपाल इन्सुरेन्स कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ८ अर्ब ३२ करोडको कारोबार भएकोमा आज ३०८ वटा कम्पनीका १ करोड ८४ लाख कित्ता शेयर ७ अर्ब ५७ करोड रुपैयाँमा किनबेच भएको छ ।