
काठमाडौं । वाटा (डब्ल्यूटीए) अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनशिपको २१औं संस्करणमा सहभागी हुन ५ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली भोलि जापानको ओसाका प्रस्थान गर्ने भएको छ ।
आउँदो शुक्रवारदेखि आइतवारसम्म हुने प्रतियोगितामा खेलाडीले ग्योरोगी र पुम्से स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । ३० केजीमुनि हृदयणी बस्नेत, ३४ केजीमुनि जोलिना बस्नेत, २४ केजीमुनि सोहन पाठक, १२ वर्षमुनि एकल पुम्सेमा सक्षम श्रेष्ठ र १४ वर्षमुनि एकल पुम्सेमा आश्रय उपाध्यायले प्रतिस्पर्धा गर्नेछन् ।
प्रशिक्षकमा सरोज तामाङ रहेका छन् । १३औं दक्षिण एशियाली खेलकुद (साग) की स्वर्ण विजेता काजल श्रेष्ठले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्नेछिन् । काजलले यसै प्रतियोगिताको २०औं संस्करणमा पनि निर्णायकको भूमिका निर्वाह गरेकी थिइन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद् ९राखेप० कार्यकारी समितिका सदस्य भानबहादुर चन्द, राखेपकी सदस्य नन्दा बस्याललगायतले आज एक कार्यक्रमबीच बिदाइ गरे ।