
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज सनराइजर्स हैदराबाद र मुम्बई इन्डियन्स खेल्दैछन् । खेल नेपाली समयानुसार बेलुका पौने ८ बजे हैदराबादमा शुरू हुने छ ।
हैदराबाद ७ खेलमा ४ अङ्कसहित तालिकाको नवौं स्थानमा छ । मुम्बई ८ खेलमा ८ अङ्कसहित तालिकाको छैटौं स्थानमा छ ।
आईपीएलमा अहिलेसम्म यी दुई टोलीबीच कुल २४ खेल भएकोमा मुम्बईले १४ र हैदराबादले १० खेल जितेको छ ।