२०८२ वैशाख ७, आइतवार , ११:१५:०४ बजे

Sajhamanch
'

मेचीनगरमा केवलका तार चोरी गर्ने चार भारतीय नागरिक पक्राउ

आइतवार, वैशाख ७, २०८२

झापा । झापाको मेचीनगरमा टेलिफोनमा प्रयोग हुने केवलका तार चोरी गर्ने चार भारतीय पक्राउ परेका छन् ।

शनिबार दिउँसो मेचीनगर नगरपालिका –७ इटाभट्टास्थित बस स्ट्यान्डमा शङ्कास्पद रुपमा ४ जना भारतीयलाई फेला पारी उनीहरूले बोकेको ७ वटा बोरा चेकजाँच गर्दा उक्त बोराभित्र टुक्रा– टुक्रा बनाई प्याकिङ गरेको टेलिफोनमा प्रयोग हुने केवल तार फेला परेको थियो ।

ती तार मोरङ बेलबारी बजार आसपासमा निर्माणाधीन अवस्थामा रहेको सडक तथा पुल भएको स्थानमा जमिनमुनि गाडेको ठाउँबाट उनीहरूले चोरी गरेको खुलेको छ । भारतको पानीट्याङ्कीमा रहेको कवाडीको दोकानमा बिक्री गर्न उनीहरूले लैजान लागेका थिए ।

पक्राउ पर्नेहरूमा पश्चिम बङ्गाल, दार्जिलिङ जिल्ला पानीट्याङ्की बस्ने अन्दाजी २४ वर्षीय महमद राजेश ,बतासी बस्ने २२ वर्षीय दिनबन्धु सरकार ,सोही ठाउँ बस्ने २४ वर्षीय शुबंकर दास र पानीटयाङ्की बस्ने ३२ वर्षीय राहुल अधिकारी रहेका छन् । उनीहरूलाई दसीका सामानसहित पक्राउ गरी इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको छ ।

सम्बन्धित खबर