२०८२ वैशाख ५, शुक्रवार , ०२:५५:२१ बजे

Sajhamanch
'

आईपीएल क्रिकेटमा पन्जाबले कोलकातालाई १६ रनले हरायो

बुधवार, वैशाख ३, २०८२

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पन्जाब किङ्ग्सले कोलकाता नाइट राइडर्सलाई १६ रनले हराएको छ ।

हिजो भएको खेलमा पन्जाबले दिएको ११२ रनको सामान्य लक्ष्य पछ्याएको कोलकाता १५ ओभर १ बलमा ९५ रनमा अल आउट भयो ।

कोलकाताका अङकृश रघुवंशीले सर्वाधिक ३७ रन बनाए । पन्जाबका लागि युजबेन्द्र चाहलले ४ र मार्की जानसेनले ३ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पन्जाबले १५ ओभर ३ बलमा १११ रन बनाएको थियो । उसका प्राभसिम्रन सिंहले ३० रन बनाए । प्रियान्स आर्याले २२ रन जोडे ।

कोलकाताका हर्षित रानाले ३ विकेट लिए । यस्तै वरूण चक्रवर्ती र सुनिल नराइनले २/२ विकेट लिए ।

६ खेलमा ४ मा जीत र २ मा हार बेहोरेको पन्जाब ८ अङ्कसहित तालिकाको चौथो स्थानमा छ । सात खेलमा ३ जीत र ४ मा हार बेहोरेको कोलकाता ६ अङ्कसहित छैटौं स्थानमा छ ।

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दिल्ली क्यापिटल्स र राजस्थान रोयल्स खेल्दैछन् ।

सम्बन्धित खबर