२०८२ वैशाख २, मङ्गलवार , ०४:४०:०० बजे

Sajhamanch
'

भारतका श्रेयस अय्यर बने ‘आईसीसी प्लेअर अफ द मन्थ’

मङ्गलवार, वैशाख २, २०८२

काठमाडौं । भारतका मध्य–क्रमका ब्याटर श्रेयस अय्यर मार्च महिनाका लागि आईसीसीको उत्कृष्ट पुरुष खेलाडी बनेका छन् । न्युजिल्यान्डका ज्याकब डुफी र रचिन रविन्द्रलाई पछि पार्दै अय्यर ‘आईसीसी प्लेअर अफ द मन्थ’ बनेका हुन् ।

आईसीसी च्याम्पियन्स ट्रफीमा भारतलाई उपाधि जिताउनका लागि ३० वर्षीय अय्यरले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनले प्रतियोगिताभारि २४३ रन बनाएका थिए ।

अय्यरले च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा अस्ट्रेलियासँगको खेलमा ६२ बलमा ४५ रन र फाइनलमा न्युजिल्यान्डसँगको खेलमा ६२ बलमा ४८ रन बनाएका थिए ।

भारतले लगातार दोस्रो महिना उत्कृष्ट पुरुष खेलाडीको पुरस्कार जितेको हो । गएको फेब्रुअरी महिनामा शुभमन गिलले यो पुरस्कार जितेका थिए ।

यस्तै मार्च महिनामा महिलातर्फ अस्ट्रेलियाकी युवा ब्याटर जर्जिया वोल उत्कृष्ट खेलाडी बनेकी छिन् । उनले अस्ट्रेलियाकै अनाबेल सुथरल्यान्ड र अमेरिकाकी चेतना प्रसादलाई पछि पारिन् ।

गएको मार्चमा तीन खेलको टी–२० शृङ्खलामा अस्ट्रेलियाले न्युजिल्यान्डलाई ‘ह्वाइटवाश’ गर्दा २१ वर्षीया जर्जिया वोलले महत्त्वपूर्ण भूमिका निभाएकी थिइन् ।

सम्बन्धित खबर