२०८२ वैशाख ३, बुधवार , ११:४४:२० बजे

Sajhamanch
'

सुनसरीमा अपरिचित व्यक्तिले चलाएको गोली लागेर दुई जना घाइते

मङ्गलवार, वैशाख २, २०८२

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–२ रासीमा हिजो बेलुकी गोली प्रहार हुँदा दुई जना घाइते भएका छन् ।

घाइते हुनेमा देवानगञ्ज–२ का रवीन्द्र यादव र १ का शिवुकुमार मेहता रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक दिनेश अधिकारीले जानकारी दिए।

अपरिचित व्यक्तिको गोली लागेर घाइते भएका यादवको अवस्था सामान्य रहेको र उनको स्थानीय क्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अर्का घाइते मेहता गम्भीर भएकाले विराटनगरको नोबेल अस्पतालमा उपचार भइरहेको छ ।

तस्करीसँग सम्बन्धित गिरोहबीचको विवादकै कारण गोली चलेको र गोली प्रहारमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

सम्बन्धित खबर