२०८२ वैशाख ३, बुधवार , ०७:४३:०६ बजे

Sajhamanch
'

चारदेशीय टी–२० शृङ्खला : फाइनलमा नेपाल कुवेतसँग ३ रनले पराजित

आइतवार, चैत ३१, २०८१

काठमाडौं । चारदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको फाइनलमा नेपाल कुवेतसँग ३ रनले पराजित भएको छ ।

कुवेतले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर ३ बलमा १७१ रन बनाउँदा सबै विकेट गुमायो । नेपालका बसिर अहमदले ८०, नन्दन यादवले ३७ रन बनाए ।

नेपालले ९२ रन बनाउँदा ८ विकेट गुमाएको अवस्थामा नवौं विकेटका बसिर र नन्दनले ७२ रनको साझेदारी गरेका थिए । कुवेतका अनुदीप चेन्थामाराले ३ विकेट लिए ।

यसअघि हङकङको मिसन रोड मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कुवेतले २० ओभरमा ७ विकेट गुमाएर १७४ रन बनायो ।

कुवेतका रविजा सान्दरुवानले ६३ रन बनाए । नेपालका सोमपाल कामी र नन्दन यादवले २/२ विकेट लिए । प्रतियोगितामा नेपाल शीर्ष र कुवेत दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका थिए ।

यस्तै आजै तेस्रो स्थानका लागि भएको खेलमा हङकङले कतारलाई १ रनले हरायो । हङकङले दिएको १८९ रनको लक्ष्य पछ्याएको कतारले २० ओभरमा ५ विकेट गुमाएर १८७ रनमात्रै बनाउन सक्यो ।

सम्बन्धित खबर