२०८२ वैशाख २, मङ्गलवार , १०:२४:५८ बजे

Sajhamanch
'

थाइल्यान्डबाट ३६ किलो गाँजा ल्याउने ३ जना काठमाडौं विमानस्थलमा पक्राउ

शुक्रवार, चैत २९, २०८१

काठमाडौं । थाइल्यान्डबाट ३६ किलो गाँजा लिएर काठमाडौं आउँदै गरेका तीन जनालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।

२६ किलो १० ग्राम गाँजासहित २ जना र १० किलो गाँजासहित १ जना गरी तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।

२६ किलो गाँजासहित प्रहरीले भारतीय नागरिक ३१ वर्षीय रामकुमार र ३८ वर्षीय पडिन्हेर चदिपुरयजेएललाई पक्राउ गरेको छ । उनीहरू थाई एअरको उडानमार्फत् बैंककबाट काठमाडौं आएका थिए ।

त्यसैगरी १० किलो गाँजासहित प्रहरीले भारतीय नागरिक २५ वर्षीय इर्फान अहमद कासलिपारम्बिल बशिरलाई पक्राउ गरेको छ ।

उनी बिहीबार थाई एअरको विमानमार्फत काठमाडौं आएका थिए ।

सम्बन्धित खबर