२०८२ वैशाख ६, शनिवार , ०१:२८:५८ बजे

Sajhamanch
'

आईपीएल क्रिकेटमा दिल्लीले बैंग्लुरुलाई ६ विकेटले हरायो

शुक्रवार, चैत २९, २०८१

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बेङ्गलुरुलाई पराजित गरेको छ ।

हिजोको खेलमा दिल्लीले घरेलु टोली बेङ्गलुरुलाई ६ विकेटले पराजित गरेको हो । बेङ्गलुरुले दिएको १६४ रनको लक्ष्य पछ्याएको दिल्लीले १७ ओभर ५ बलमा चार विकेट गुमाउँदै १६९ रन बनायो ।

दिल्लीका लागि केएल राहुलले अविजित ९३ रन बनाए । ट्रिस्टन स्टब्सले पनि अविजित रहँदै ३८ रन जोडे । बेङ्गलुरुका भुवनेश्वर कुमारले दुई विकेट लिए ।

त्यसअघि एम चिन्नास्वामी स्टेडियममा बेङ्गलुरुले टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोलीले सात विकेट गुमाउँदै १६३ रन बनाएको थियो । बेङ्गलुरुका फिल साल्ट र टिम डेभिडले समान ३७ रन बनाए ।

दिल्लीका विपराज निगम र कुलदीप यादवले समान दुई विकेट लिए । यो नतिजासँगै दिल्ली लगातार चार खेल जित्दै आठ अङ्कका साथ प्रतियोगितामा दोस्रो स्थानमा छ ।

समान अङ्क रहेको गुजरात टाइटन्स रनरेटको आधारमा शीर्ष स्थानमा छ । पाँच खेल खेलेको बेङ्गलुरु भने ६ अङ्कका साथ तेस्रो स्थानमा छ ।

आईपीएलमा आज चेन्नई सुपर किङ्स र कोलकाता नाइट राइडर्स खेल्दैछन् ।

सम्बन्धित खबर