२०८२ वैशाख ६, शनिवार , ०२:०५:०५ बजे

Sajhamanch
'

आईपीएल क्रिकेटमा गुजरात शीर्ष स्थानमा उक्लियो, राजस्थान ५८ रनले पराजित

बिहिवार, चैत २८, २०८१

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई ५८ रनले हराएको छ ।

जीतसँगै दिल्ली क्यापिटल्सलाई उछिन्दै गुजरात अङ्क तालिकाको शीर्षस्थानमा उक्लिएको छ । हिजोको खेलमा गुजरातले दिएको २१८ रनको लक्ष्य पछ्याएको राजस्थान १९ ओभर २ बलमा सबै विकेट गुमाउँदै १५९ रनमा अल आउट भयो ।

राजस्थानका सिम्रन हेटमेरले सर्वाधिक ५२ रन बनाए । कप्तान सन्जु सामसनले ४१ र रियान परागले २६ रन जोडे । गुजरातका प्रसिद्ध कृष्णाले ३ विकेट लिए । रसिद खान र साई किशोरले समान २ विकेट लिए ।

त्यसअघि नरेन्द्र मोदी स्टेडियममा पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ६ विकेट गुमाउँदै २१७ रन बनाएको थियो ।

गुजरातका साई सुदर्शनले सर्वाधिक ८२ रन बनाए । जस बटलर र शाहरुख खानले समान ३६ रन जोडे । राजस्थानका तुसार देशपाण्डे र महिश थेकसानालेनसमाले समान २ तथा जोफ्रा आर्चर र सन्दीप शर्माले १/१ विकेट लिए ।

गुजरात टाइटन्सको यो चौथो जीत हो । उसले ५ खेलबाट ८ अङ्क बनाएको छ । दोस्रो स्थानको दिल्लीको ६ अङ्क छ । राजस्थानको भने यो तेस्रो हार हो । ५ खेलबाट ४ अङ्क बनाएको राजस्थान सातौं स्थानमा छ ।

आईपीएलमा आज रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) र दिल्ली क्यापिटल्स खेल्दैछन् ।

सम्बन्धित खबर