२०८१ चैत २५, सोमवार , ०६:२०:५७ बजे

Sajhamanch
'

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवा पक्राउ

आइतवार, चैत २४, २०८१

काठमाडौं । १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मोरङको लेटाङ नगरपालिका–२ बस्ने ३५ वर्षीय अनिल राई छन् । उनलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

राईले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाविरुद्ध बालिका बलात्कारको कसुरमा अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर