२०८१ चैत १८, सोमवार , १०:४२:१२ बजे

Sajhamanch
'

शिवसताक्षीमा चैत्र २१ गतेबाट मेयर कप हुने

बिहिवार, चैत १४, २०८१

शिवसताक्षी । झापाको शिवसताक्षीमा मेयर कप २०८१ सञ्चालन हुने भएको छ । शिवसताक्षी नगरपालिका झिलझिले स्थित गणेशमान अध्ययन प्रतिष्ठानको खेल मैदानमा आगामी चैत्र २१ गतेदेखि २९ गतेसम्म ६ विधाका खेल सञ्चालन गरिने शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

प्रतियोगितामा फुटबल, भलिबल, क्रिकेट, व्याडमिन्ट, कराँते र एथलेटिक्स खेल हुनेशिक्षा तथा खेलकुद शाखा प्रमुख छवि ढकालले जानकारी दिए ।

प्रतियोगिताको फुटबल तर्फ प्रथमले ५५ हजार, द्वितीयले ३५ हजार सहित ट्रफी मेडल र प्रमाण प्राप्त गर्ने छन् । त्यस्तै भलिबल र क्रिकेट खेल तर्फ विधागत रुपमा प्रथमले ३५ हजार र, द्वितीयले २५ हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने शिवसताक्षी नगरपालिकाले जनाएको छ । अन्य विधाका खेलमा भने पुरस्कार राशी तोकिएको छैन ।

आयोजकले सबै विधाका खेलमा विधागत उत्कृष्ट हुने खेलाडीहरुलाई समेत पुरस्कृत गरिने जनाएको छ । फुटबल विधा तर्फ प्रत्येक खेलको म्यान अफ दी म्याच हुने खेलाडीलाई प्राइम बैंक झिलझिले शाखाले प्रति खेल २१०० प्रदान गर्ने भएको नगर खेलकुद विकास समितिले जनाएको छ ।

मेयर कपले स्थानीय स्तरका खेलाडीहरुलाई प्रोत्सहन गर्ने र जिल्ला स्तरीय, राष्ट्रिय स्तर हुँदै अन्तरराष्ट्रिय स्तरका खेलहरुमा पनि समावेश हुने अवसर प्राप्त हुने शिवसताक्षी नगरपालिका लेखा शाखा प्रमुख प्रकाश योङहाङ्गले जानकारी दिए । विगतका भएका मेयर कपबाट स्थानीय स्तरका खेलाडीहरु प्रदेश तथा राष्ट्रिय स्तरका खेलमा समावेश भएको उनले बताए ।

प्रतियोगिताका सबै खेलकहरुमा नगरका ११ वटै वडाका टिमले सहभागिता जनाउने शिवसताक्षी नगरपालिकाले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न ८ लाख लागतको अनुमान गरिएको खेलकुद विकास समितिले जनाएको छ ।

सम्बन्धित खबर