
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सलाई ११ रनले पराजित गर्दै पञ्जाबले विजयी शुरुआत गरेको छ ।
हिजो भएको खेलमा पञ्जाबले दिएको २४४ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै २३२ रन मात्रै बनाउन सक्यो ।
गुजरातका साई शुदर्शनले सर्वाधिक ७४ रन बनाए । जस बटलरले ५४ रन जोडे । पञ्जाबका अर्शदीप सिंहले सर्वाधिक दुई विकेट लिए ।
त्यसअघि नरेन्द्र मोदी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै २४३ रन बनाएको थियो । पञ्जाबका कप्तान श्रेयस अय्यरले सर्वाधिक ९७ रन बनाए । प्रियान्स आर्यले ४७ रन जोडे ।
गुजरातका शाई किशोरले तीन विकेट लिए । आईपीएलमा आज राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्सले खेल्दैछन् । भारतको गुवाहाटीमा हुने खेल नेपाली समय अनुसार राति पौने ८ बजे शुरु हुनेछ ।