२०८१ चैत ७, बिहिवार , ०२:०४:१६ बजे

Sajhamanch
'

बालिकालाई यौन पेसामा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ

बुधवार, चैत ६, २०८१

काठमाडौं । बालिकालाई यौन पेसामा लगाएको आरोपमा होटल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोरखाको पालुङटार नगरपालिका-६ घर भएका शम्भुलाल मल्ल छन् । उनलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले ४ चैतमा पक्राउ गरेको हो ।

पक्राउ परेका मल्लले काठमाडौंको बालाजुमा पञ्चेश्वर महाकाली गेष्ट हाउस एण्ड रेष्टुरेन्ट सञ्चालन गर्दै आएका थिए । यौन पेसामा लगाइएका दुई बालिकालाई उनको होटलबाट उद्धारसमेत गरिएको ब्युरोका प्रवक्ता एसपी नरेन्द्र कुँवरले बताए ।

पक्राउ परेका मल्लविरुद्ध मानव बेचबिखन तथा ओसोर पसारको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

सम्बन्धित खबर