२०८१ चैत ६, बुधवार , ११:२३:२२ बजे

Sajhamanch
'

दशौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक

बुधवार, चैत ६, २०८१

काठमाडौं । कर्णाली प्रदेशमा हुने दशौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक भएको छ ।

ललितपुरको सातदोबाटोमा रहेको अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले लोगो तथा राखेपका उपाध्यक्ष ध्रुव आचार्यले मस्कट सार्वजनिक गरेका हुन ।

कार्यक्रममा राखेपका सदस्य–सचिव टंकलाल घिसिङले दशौँ राष्ट्रिय खेलकुदको डेकिकेटेड वेभसाइट पनि सार्वजनिक गरेका थिए ।

राष्ट्रिय खेलकुदको लोगोमा कर्णाली नदी, नेपालको झण्डा, सात प्रदेश र खेलाडी, हिमाल, पहाड र तराई तथा शान्तिको प्रतिक परेवा समेटिएको छ ।

कर्णाली प्रदेशमा पाइने दुर्लभ जनवार हाबे्र (रेड पाण्डा) लाई मस्कटका रुपमा प्रयोग गरिएको छ । लोगो र मस्कट विकास तमखुले तयार गरेका हुन् । राष्ट्रिय खेलकुद २०८२ साल जेठ ३ देखि १० गतेसम्म हुनेछ ।

सम्बन्धित खबर