२०८१ चैत ५, मङ्गलवार , १०:२७:१६ बजे

Sajhamanch
'

नेपालले नरेन भट्टको कप्तानीमा १९ वर्षमुनिको विश्वकप क्रिकेट एशिया छनोट खेल्ने

मङ्गलवार, चैत ५, २०८१

काठमाडौं । नेपालले नरेन भट्टको कप्तानीमा आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेट एशिया छनोट खेल्ने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले हिजो भट्टलाई कप्तानको जिम्मेवारी दिएको हो । टोलीको उपकप्तानमा अभिषेक तिवारी रहेका छन् ।

१९ वर्षमुनिको विश्वकप एशिया छनोट क्रिकेट आउँदो अप्रिल १२ देखि २१ तारिखसम्म काठमाडौंमा हुनेछ । घरेलु टोली नेपालसहित अफगानिस्तान, हङकङ, ओमान र यूएईले छनोट खेल्नेछन् । बन्द प्रशिक्षणमा रहेका १८ खेलाडीबाट अन्तिम १४ सदस्यीय टोलीको घोषणा हुने क्यानले जनाएको छ ।

टोलीको मुख्य प्रशिक्षकमा शक्ति गौचन छन् । नेपालको युवा टोलीले एशिया छनोट अघि अफगानिस्तानसँग एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खला खेल्ने छ ।

सम्बन्धित खबर