
काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले गण्डकी प्रदेशलाई ९ विकेटले हराएको छ ।
गण्डकीले दिएको ३२ रनको लक्ष्य कोशीले १ विकेट गुमाएर २५० बलअघि नै भेटायो । कोशीका शकिब हकले नटआउट १६ रन बनाए । गण्डकीका सुवाश भण्डारीले १ विकेट लिए ।
यसअघि रुपन्देहीको एक्स्ट्राटेक ओभल मैदानमा टस जितेर ब्याटिङ गरेको गण्डकी २० ओभर ४ बलमा ३१ रनमै अलआउट भयो । प्रधानमन्त्री कप क्रिकेट इतिहासमा यो सबैभन्दा कम योगफल हो । यसअघि गएको वर्षको संस्करणमा गण्डकीसँगको खेलमा कोशी २५ रनमै अलआउट भएको थियो ।
आजको खेलमा गण्डकीका कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । गण्डकीका अर्जुन कुमालले सबैभन्दा धेरै ९ रन बनाए । कोशीका विपिन महतोले ६ विकेट लिए ।
योसँगै कोशीले पाँचौं खेलमा पहिलो जीत हात पारेको छ भने गण्डकीले चार खेलमा तेस्रो हार बेहोरेको छ ।