२०८१ फागुन २८, बुधवार , ०९:०५:१३ बजे

Sajhamanch
'

मेचीनगर गोल्डकप : मच्छिन्द्रको संघर्षपूर्ण जित

मङ्गलवार, फागुन २७, २०८१

झापा । झापाको मेचीनगरमा जारी मेचीनगर गोल्डकप अन्तर्गत आज मंगलबार भएको अन्तिम क्वाटरफाइनल खेलबाट मच्छिन्द्र फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । मच्छिन्द्रले १–० को संघर्षपूर्ण जित निकालेर अर्को चरणमा प्रवेश गरेको हो ।

मच्छिन्द्रले दोस्रो सेमिफाइनल खेलमा चर्च व्वाइज युनाइटेडको सामना गर्नेछ ।

मच्छिन्द्रका लागि निर्णायक एक मात्र गोल विदेशी खेलाडी युसुफ मलिकले पहिलो हाफको अतिरिक्त समयमा गरेका थिए । उनले स्टेफन कामाहाको पासमा पेनाल्टी एरियाबाट गोल गरे ।
खेलको ११औँ मिनेटमा मच्छिन्द्रका आदित्य शाक्यको क्रसमा स्टेफन कामाहाले गरेको हेडर बाहिरियो । खेलको ३५औँ मिनेटमा मछिन्द्रका पुजन श्रेष्ठको फ्रिकिकलाई विदेशी खेलाडी युसुफ मलिकले सदुपयोग गर्न सकेनन् ।

पहिलो हाफको अतिरिक्त समयमा आदित्य शाक्यको पासमा मोहित गुरुङ गोल लगाउनबाट चुके । लगत्तै कामाहाको पासमा युसफको पावरफुल सट बाहिरियो ।

खेलको ७४औँ मिनेटमा एपिएफका गोलरक्षक विशाल गुरुङ वीट भएको समयमा विकास टिटुङले गोल लाइनबाट बचाए । ८५औँ मिनेटमा कामाहाको प्रहार दोस्रो बारमा लागेर फर्कियो ।

खेलको अधिकांश समय बल पोजिशन राखेको मच्छिन्द्र थप गोल गर्न भने सकेन । मच्छिन्द्रका खेलाडीले पाएका दर्जन अवसरहरु गुमाएपछि परिचित प्रतिद्धन्दी एपीएफसँग संघर्षपूर्ण जित निकाल्दै अघिल्लो चरणमा प्रवेश गरेको हो ।

एपिएफका लागि खेलको ७३औँ मिनेटमा कप्तान हरि कार्कीले १८ यार्डबाट गरेको फ्रिकिक प्रहार गोलरक्षक विशाल श्रेष्ठले पञ्च गरेर बचाए । ८०औँ मिनेटमा पेनाल्टी एरियमा अनमार्क रहेका अनिश महर्जनले गरेका प्रहार बाहिरिदा एपीएफ पहिलो चरणबाटै घर फर्किएको छ ।

खेलको प्लेयर अफ द म्याच मच्छिन्द्रका निर्णायक गोलकर्ता युसुफ मलिक भए । उनले ११ हजार रुपैयाँ पुरस्कार पाए ।

सम्बन्धित खबर