२०८१ फागुन २५, आइतवार , १२:०७:१५ बजे

Sajhamanch
'

इन्द्रचन्द्र क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुबाट आकाश थापाको उम्मेदवारी घोषणा

आइतवार, फागुन २५, २०८१

बिर्तामोड । अनेरास्ववियुले बिर्तामोडस्थित इन्द्रचन्द्र क्याम्पस (देवी)को स्ववियु सभापतिमा आकाश थापालाई उम्मेदवार घोषणा गरेको छ ।

आज एक कार्यक्रमका बीच अनेरास्ववियुले सभापतिसहित कार्यसमितिका अन्य उम्मेदवारहरु घोषणा गरेको हो ।अनेरास्ववियुले घोषणा गरेको सभापति पदको उम्मेदवार बिबिएस तेस्रो वर्षमा अध्ययनरत रहेका छन् ।

अनेरास्ववियसले स्ववियु सचिवमा शितल खनाल, कोषाध्यक्षमा प्रबिना वाग्ले, प्रत्यक्ष सदस्यहरूमा नोगेन हाङ्ग लिम्बू, खुशी अधिकारी, प्रशान्त पौडेल, युवराज घिमिरे, रुपा शाह, कैलाश ओली र मनिल ओली रहेका छन् ।

अनेरास्ववियु झापाका पूर्व अध्यक्ष बलराम गिरीले स्ववियुका उम्मेदवारहरु घोषणा गरेका हुन् । उम्मेदवार घोषणा कार्यक्रममा विधार्थी नेताहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित खबर