२०८१ फागुन २५, आइतवार , ०८:०४:४४ बजे

Sajhamanch
'

युक्रेनमा रुसको आक्रमण, २३ जनाको मृत्यु

आइतवार, फागुन २५, २०८१

रुसले युक्रेनमा गरेको पछिल्लो आक्रमणमा कम्तीमा २३ जनाको मृत्यु भएको छ। कम्तीमा ५० जना घाइते भएका युक्रेनी आपत्कालीन सेवाले जनाएको छ ।दोनेत्स्क क्षेत्रमा शुक्रबार राति रुसी सेनाले गरेको आक्रमणमा २० जनाको मृत्यु भएको हो। ४३ जना घाइते भएका छन्। युक्रेनी अधिकारीका अनुसार आक्रमणमा कम्तीमा आठ आवासीय र एक प्रशासनिक भवन क्षतिग्रस्त भएका छन्।

शनिबार बिहान बोगोदुखिभ सहरमा भएको ड्रोन आक्रमणमा परी ३ जनाको ज्यान गएको खार्किभ क्षेत्रका सैन्य प्रमुख ओलेग सिनेगुबोभले जनाएका छन् । आक्रमणमा सात जना घाइते भएका छन्।

रुसले प्रहार गरेका ३१ ड्रोनलाई प्रतिरक्षा प्रणालीले निष्क्रिय पारेको युक्रेनको रक्षा मन्त्रालयले जनाएको छ। मन्त्रालयले दक्षिणी रुसको क्रास्नोडार क्षेत्रमा २६ र ब्रायान्स्कको सीमावर्ती क्षेत्रमा तीनवटा ड्रोन रोकेको जनाएको हो।ट्रम्पले रुसमाथि ठूलो मात्रामा प्रतिबन्ध र कर लगाउनेबारे दृढतापूर्वक विचार गरिरहेको प्रतिक्रिया दिए लगत्तै रुसले आक्रमण तीव्र पारेको हो। रुसले युद्धको मैदानमा युक्रेनलाई पूर्ण रूपमा प्रहार गरिरहेको ट्रम्पले बताएका छन्। एजेन्सी

सम्बन्धित खबर