२०८१ फागुन २१, बुधवार , ०७:३१:३८ बजे

Sajhamanch
'

बाह्रदशीस्थित गौरीशंकर माविको वार्षिकोत्सवमा अभिभावक पनि सम्मानित

बुधवार, फागुन २१, २०८१

बाह्रदशी । गौरीशंकर माध्यमिक विद्यालय बाह्रदशी ७ को ६६औं वार्षिकोत्सवको अवसरमा ज्येष्ठ अभिभावक, अभिभावक र उत्कृष्ठ शिक्षकलाई सम्मान गरेको छ ।

कोशी प्रदेशसभा सदस्य छविलाल चुडालको प्रमुख आतिथ्यमा मंगलबार आयोजित कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट भएका विद्यार्थीलाई पुरस्कृत पनि गरिएको हो ।

सम्मानित हुने ज्येष्ठ अभिभावका रुपमा हिराकुमारी राजवंशी र दिलबहादुर कार्की रहेका छन् भने अभिभावकतर्फ मीना आचार्य, विमला राजवंशी, पूजा मुर्मू र दिपा उप्रेतीलाई सम्मान गरिएको हो । यस्तै शिक्षकतर्फ नेत्रप्रसाद पौडेल र हेमसागर कट्वाललाई सम्मान गरियो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष इन्द्रबहादुर राईको अध्यक्षतामा आयोजित वार्षिकोत्सव समारोहमा प्रधानाध्यापक लेखनाथ कटुवालले विद्यालयको शैक्षिक गतिविधिका विषयमा प्रकाश पारेक थिए ।

शिक्षक लोचनकुमार गुरागाईले कार्यक्रमको सञ्चालन गरेका थिए भने आमन्त्रित अतिथि एवम् सहभागीहरुलाई सहायक प्रधानाध्यापक हेम राजवंशीले शाब्दिक स्वागत गरेका थिए ।

सम्बन्धित खबर