२०८१ फागुन २०, मङ्गलवार , ०२:४७:५१ बजे

Sajhamanch
'

च्याम्पियन्स ट्रफी : भारतसँगको सेमिफाइनलमा अस्ट्रेलिया पहिला ब्याटिङ गर्दै

मङ्गलवार, फागुन २०, २०८१

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा भारतसँगको पहिलो सेमिफाइनल खेलमा अस्ट्रेलियाले टस जितेको छ ।

दुबईमा टस जितेर अस्ट्रेलियाका कप्तान स्टिभ स्मिथले ब्याटिङ रोजेका छन् । योसँगै भारतका कप्तान रोहित शर्माले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडीआई) मा लगातार १४ पटक टस हारेका छन् ।

च्याम्पियन्स ट्रफीमा भारत र अस्ट्रेलियाबीच अहिलेसम्म चार पटक भेट भएकोमा भारत दुई खेलमा र अस्ट्रेलिया एक खेलमा विजयी भएको छ । एक खेल नतिजाविहीन भएको छ ।

यस्तै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भारत र अस्ट्रेलियाबीच १५१ पटक भेट भएकोमा अस्ट्रेलिया ८४ खेल र भारत ५७ खेलमा विजयी भएको छ । १० वटा खेल नजिताविहीन भएको छ ।

च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइलनमा भोलि न्युजिल्यान्ड र दक्षिण अफ्रिका खेल्दैछन् । यो खेल पाकिस्तानको लाहोरमा हुनेछ । भारत समूह ‘ए’ बाट विजेता र न्युजिल्यान्ड उपविजेता बन्दै अन्तिम चारमा पुगेका हुन् । यस्तै दक्षिण अफ्रिका समूह ‘बी’ बाट विजेता र अस्ट्रेलिया उपविजेता बन्दै अन्तिम चारमा पुगेका हुन् ।

आठ टोली सहभागी च्याम्पियन्स ट्रफीमा समूह ‘ए’ बाट बङ्गलादेश र आयोजक पाकिस्तान तथा समूह ‘बी’ बाट इङ्गल्यान्ड र अफगानिस्तान समूह चरणबाट बाहिरिएका थिए ।

प्रतियोगिताको फाइनल खेल आउँदो आइतवार फागुन २५ गते हुनेछ । आज भारतले अस्ट्रेलियालाई हराएमा फाइनल खेल दुबईमा र अस्ट्रेलियाले भारतलाई हराएमा फाइनल खेल पाकिस्तानमा हुनेछ ।

सम्बन्धित खबर