२०८१ फागुन १९, सोमवार , ०८:०६:३१ बजे

Sajhamanch
'

लस एन्जलसमा ओस्कर अवार्ड सुरु

सोमवार, फागुन १९, २०८१

अमेरिकाको लस एन्जलसमा ९७ औं ओस्कर अवार्डको घोषणा हुँदै छ ।यसवर्ष डेडपूल र वोल्वारिनबीचको जबरदस्त भिडन्तले फ्यानहरूलाई धेरै रोमाञ्चित बनाएको छ । फिल्म इनसाइड आउट–२ ले बक्सअफिसको रेकर्ड तोड्यो भने जोकरको सिक्वेलले उस्तै सफलता हासिल गर्न सकेन ।

यसवर्ष ओस्कर कठिन परिस्थितिमा आयोजना गरिँदैछ । कारण, लस एन्जलसमा लागेको विनाशकारी वन डढेलोका कारण हजारौं मानिसहरूको घर नष्ट भएको छ ।अहिलेसम्म पाल टेजवेलले पोशाक डिजाइनको लागि ओस्कर अवार्ड प्राप्त गरिसकेका छन् । यो विधामा अश्वेत व्यक्तिले ओस्कर पुरस्कार पाएको यो पहिलोपटक हो ।

यसैबीच, इरानी फिल्म निर्माताहरू हुसैन मोलायेमी र शिरिन सोहानीले ‘द स्याडो अफ द साइप्रस’का लागि एनिमेटेड छोटो फिल्मको विधामा ओस्कर अवार्ड प्राप्त गरेका छन् । बीबीसीबाट

सम्बन्धित खबर