२०८१ फागुन १९, सोमवार , ०३:३५:१० बजे

Sajhamanch
'

च्याम्पियन्स ट्रफी क्रिकेट : समूह चरणको अन्तिम खेलमा आज भारत र न्युजिल्याण्ड खेल्दै

आइतवार, फागुन १८, २०८१

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज भारत र न्युजिल्याण्डले खेल्दैछन् ।

समूह ‘ए’ को यो खेल दिउँसो पौने ३ बजे यूएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुरू हुनेछ । यो खेलको बिजेता टोली समूह ‘ए’ को विजेता बन्नेछ ।

समूह ‘ए’ को विजेताले समूह ‘बी’ को उपविजेता टोली अस्ट्रेलियासँग र उपविजेता टोलीले समूह ‘बी’ को विजेता टोली दक्षिण अफ्रिकासँग खेल्नेछ ।

च्याम्पियन्स ट्रफी क्रिकेटमा हिजो भएको समूह ‘बी’ को खेलमा इङ्गल्यान्डलाई हराउँदै दक्षिण अफ्रिका समूह विजेता बन्दै सेमिफाइनलमा पुग्यो ।

जीतसँगै दक्षिण अफ्रिका ५ अङ्कका साथ समुह ‘बी’ को विजेता बनेको हो । ४ अङ्क रहेको अस्ट्रेलिया समूहको उपविजेता बन्यो । समूह ‘बी’ का अफगानिस्तान र इङ्गल्यान्ड समूह चरणबाटै बाहिरिए ।

समूह ‘ए’ बाट भारत र न्युजिल्याण्ड सेमिफाइनलमा पुग्दा बङ्गलादेश र आयोजक पाकिस्तान यसअघि नै बाहिरीसकेका छन् ।

सम्बन्धित खबर