
अमेरिका र युक्रेनबीच हुने भनिएको खजिन सम्झौता असफल भएको छ । युक्रेनको खनिज अमेरिकाले प्रयोग गर्न पाउने गरी सम्झौता गर्ने तयारीका साथ वार्ता भए पनि असफल भएको हो ।
यसअघि अमेरिका र युक्रेनबीच खनिजसँग सम्बन्धी सम्झौता गर्न सहमति भएको थियो । यसै बैठकमा हस्ताक्षर गर्ने तयारी भए पनि बैठक तनावपूर्ण भयो ।युक्रेनका राष्ट्रपति जेलेन्स्की बैठक नसकी हिंडेपछि सम्झौता अघि बढ्न नसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
खनिज सम्झौता हुने निश्चित जस्तै भएपछि अमेरिकी राष्ट्रपति ट्रम्पले बैठक सुरु हुनुअघ जेलेन्स्कीको प्रशंसासमेत गरेका थिए । तर, बैठक सुरु भएपछि अवस्था सामान्य रहेन ।समाचार एजेन्सी रोयटर्सका अनुसार चर्काचर्कीसँगै ट्रम्पले नै यो सम्झौता अगाडि बढाउने पक्षमा देखिएका छैनन् ।
ह्वाइट हाउसका एक अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले ट्रम्प नै इच्छुक नभएको उल्लेख गरेको छ ।समग्रमा दुई राष्ट्रपति बीचको बैठक पूर्णरुपमा असफल भएको छ । चर्काचर्की बढ्दै गएपछि ट्रम्पले जेलेन्स्कीलाई ‘तेस्रो विश्वयुद्ध निम्त्याइरहेको‘ आरोपसमेत लगाएका थिए ।
एजेन्सी