
काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा समूह ‘बी’ मा अस्ट्रेलियासँगको खेलमा अफगानिस्तानले टस जितेको छ । लाहोरको गद्दाफी स्टेडियमा टस जितेर अफगानिस्तानका कप्तान हशमतुल्लाह शाहिदीले ब्याटिङ रोजेका छन् ।
आजको खेलमा अफगानिस्तानको टोलीमा कप्तान शाहिदीसँगै रहमनुल्लाह गुरबाज, इब्राहिम जादरान, सेदिकुल्लाह अटल, रहमत शाह, अजमतुल्लाह ओमरजाई, मोहम्मद नबी, गुलबदिन नइब, राशिद खान, नूर अहमद र फजलहक फरूकी छन् ।
यस्तै अस्ट्रेलियाको टोलीमा कप्तान स्टिभ स्मिथसँगै म्याथ्यु शर्ट, ट्राभिस हेड, मार्नस लाबुशेन, जोश इङ्ग्लिस, एलेक्स केरी, ग्लेन म्याक्सवेल, बेन ड्वारशुइस, नाथन एलिस, एडम जम्पा र स्पेन्सेर जोनसन छन् ।
यो खेल जित्ने टोली सेमिफाइनलमा पुग्नेछ । यो समूहबाट इङ्गल्यान्ड बाहिरिइसकेको छ भने दक्षिण अफ्रिका पनि सेमिफाइनलमा पुग्ने सम्भावना कायमै छ ।
यस्तै समूह ‘ए’ बाट न्युजिल्यान्ड र भारत सेमिफाइनलमा पुग्दा पाकिस्तान र बङ्गलादेश समूह चरणबाटै बाहिरिइसकेका छन् ।