
मेचीनगर । रिडर्स अभियान नेपालले गत मंसिर २८, २९ र ३० मा तीन दिन सञ्चालन गरेको रिडर्स फेस्टिवलको आय व्यय विवरण सार्वजनिक गरिएको छ ।
अभियानका कार्यवहाक कोषाध्यक्ष दिपक तिम्सिनाले तीन दिने रिडर्स फेस्टिबलमा पाँच लाख ७८ हजार ९७० रुपैयाँ खर्च भएको सार्वजनिक गरेका हुन् ।
फेस्टिबलमा भारत र नेपालका करिव १५० विद्यार्थीहरुको उपलब्धीमुलक सहभागिता रहेको थियो । फेस्टिबलमा विद्यार्थीहरुको प्रस्तुतिको निर्णायक मण्डलको संयोजकमा प्राडा देवी नेपाल र प्रमुख अतिथि कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्की थिए ।
पत्रकार भेटघाट कार्यक्रममा रिडर्स अभियान नेपालका अध्यक्ष सन्तोष आचार्यले गत मंसिरमा आयोजित ऐतिहासिक प्रथम रिडर्स फेस्टिबलले चेतनाको राँको बाल्ने अभियान सुरु भएको बताए ।
फेस्टिबलले पठन संस्कृतिको विकास भएका मानव जातिमा चेतनाको राँको बाल्ने अभियान सुरु गरिएको अध्यक्ष आचार्यले पत्रकारहरुमाझ बताए ।
अभियानले सुसुप्त रहेकालाई चेतना फैलाउने, नयाँ प्रतिभाहरु खासमा विद्यार्थी र युवा वर्गहरुलाई जागरण गराउने मुख्य उद्देश्यसहित ऐतिहासिक रिडर्स फेस्टिबल भव्य र सभ्य रुपमा सम्पन्न भएको उनको भनाई छ ।
पत्रकारहरुको जिज्ञासालाई अध्यक्ष आचार्य, उपाध्यक्ष भगिरथ राई लगायतका अभियानका समितिले जवाफ दिएका थिए ।
पत्रकार भेटघाटको सञ्चालन रिडर्स अभियान नेपालका सचिव मदन अधिकारीले गरेका थिए ।